एमालेको विरोधका बीच प्रतिनिधिसभाबाट बजेट पारित

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल एमालेको विरोधका बीच (विनियोजन विधेयक २०७८) बजेट बहुमतले पारित भएको छ । अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गर्नका लागि लगेको प्रस्तावलाई सभामुखले निर्णयार्थ पेश गरेका थिए । अर्थमन्त्री शर्माले गत भदौ २५ गते बसेको प्रतिनिधिसभाको बैठकमा सो विधेयक प्रस्तुत गरेका थिए ।
सो विधेयक पारित गर्नुपूर्व सभामुख सापकोटाले मन्त्रालय, कार्यालय र सचिवालयगत खर्च शीर्षकमा छलफलका लागि नाम टिपाउनका लागि आग्रह गरेका थिए । विरोधको सूचना दर्ता गराएका नेमकिपाका सांसद प्रेम सुवालबाहेक अन्य सांसदहरुले नाम नटिपाएपछि सभामुखले अर्थमन्त्री शर्मालाई विनियोजन बजेट सम्बन्धमा उठेका प्रश्नको जवाफ दिन समय दिएका थिए ।
उनले ३ प्रतिशत बजेट मात्र हेरफेर गरिएको, अध्यादेशबाट आएको बजेटको आकारमा केही घटाएर बजेटलाई यथार्थपरक बनाएको बताए । साथै विभिन्न स्वास्थ्य समस्याका बिरामीलाई सहुलियतको व्यवस्था गरेको बताए । अर्थमन्त्रीको जवाफबारे सभामुखले स्पष्टिकरण राख्न समय दिएका थिए ।
यस्तै नेमकिपा सांसद सुवाललाई विभिन्न मन्त्रालयगत खर्च कटौतीको प्रस्ताव फिर्ता लिन समय दिएका थिए तर सुवालले सो प्रस्ताव फिर्ता नलिएपछि सभामुखले निर्णयार्थ प्रस्तुत गरेका थिए । प्रेम सुवालले राखेको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चारदेशीय टी–२० आई सिरिजः उपाधिको लागि नेपाल र कुवेत भिड्दै
-
बाँकेको पाँच स्थानीय तहमा छैनन् दमकल
-
गभारोले रित्तै सुपारीका बोट, उत्पादन र मूल्य दुवै घट्यो
-
संविधानको पूर्ण कार्यान्वयन हुन जरुरी छ : झक्कुप्रसाद सुवेदी
-
बागमतीमा प्रभावकारी बन्दै ‘विद्यालय नर्स’ कार्यक्रम
-
खानेपानी सञ्चित गर्न ट्याङ्की वितरण