प्रतिनिधिसभा बैठकको सुरुमै एमालेको अवरोध
नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठकमा नाराबाजी गर्दै अवरोध थालेको छ । एमालेको नाराबाजीको कुनै वास्ता नगरी सभामुख अग्नि सापकोटाले सदनको कारवाही अघि बढाएका छन् । आजको बैठकको कार्यसूचीमा विनियोजन विधेयकमाथि छलफल र जवाफ दिने तय गरिएको छ । विनियोजन विधेयक २०७८ अन्र्तगत विभिन्न मन्त्रालयगत शीर्षक हरुमा छलफल सुरु भएको छ ।
सभामुख सापकोटाले विनियोजन विधेयकमाथि विरोधको सूचना दर्ता गरेका नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई बोल्न समय दिएका छन् । सांसद सुवालले सरकारले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई दिन लागेको पदकको बिरोध गर्दै पञ्चायती शैलीलाई निरन्तरता दिएको आरोप लगाएका छन् ।
उनले अमेरिकी सहयोग परियोजना एमसीसीको बिरोध गर्दै सो परियोजना अघि नबढाउन माग गरेका छन् । उनले नेपालमा उत्पादित बिजुली नेपालमै प्रयोग गर्नुपर्ने र खाना पकाउनका लागि सस्तोमा दिन माग गरेका छन् । यस्तै सभामुख सापकोटाले विनियोजन विधेयक २०७८ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्र र धवल शमशेरको रिहाइको लागि राजनैतिक र कानुनी लडाई जारी राख्ने राप्रपाको निर्णय
-
मन्त्रालय बाँडफाँड गरेर शासन चलाउन एमालेसँग सहकार्य गरेका होइनौँ : एनपी साउँद
-
सैलुनमा एसी र इन्भर्टर जोड्न दिने तोकादेश तथ्यहीन र अतिरञ्जित – उपमहानगरपालिका
-
दाउन्नेमा मन्त्री दाहालको निरीक्षण, मनसुन अगावै सक्न निर्देशन
-
उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुरस्थित क्रिकेट स्टेडियमको छड्के अनुगमन
-
मधेस सरकारले सर्वोच्चलाई झुक्याउँदै सांसदलाई बाँड्यो अर्बौं रकम