बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठकको सुरुमै एमालेको अवरोध

सोमबार, ०४ असोज २०७८, ११ : ३६
सोमबार, ०४ असोज २०७८

नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठकमा नाराबाजी गर्दै अवरोध थालेको छ । एमालेको नाराबाजीको कुनै वास्ता नगरी सभामुख अग्नि सापकोटाले सदनको कारवाही अघि बढाएका छन् ।  आजको बैठकको कार्यसूचीमा विनियोजन विधेयकमाथि छलफल र जवाफ दिने तय गरिएको छ । विनियोजन विधेयक २०७८ अन्र्तगत विभिन्न मन्त्रालयगत शीर्षक हरुमा छलफल सुरु भएको छ ।

सभामुख सापकोटाले विनियोजन विधेयकमाथि विरोधको सूचना दर्ता गरेका नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई बोल्न समय दिएका छन् । सांसद सुवालले सरकारले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई दिन लागेको पदकको बिरोध गर्दै पञ्चायती शैलीलाई निरन्तरता दिएको आरोप लगाएका छन् ।

उनले अमेरिकी सहयोग परियोजना एमसीसीको बिरोध गर्दै सो परियोजना अघि नबढाउन माग गरेका छन् । उनले नेपालमा उत्पादित बिजुली नेपालमै प्रयोग गर्नुपर्ने र खाना पकाउनका लागि सस्तोमा दिन माग गरेका छन् । यस्तै सभामुख सापकोटाले विनियोजन विधेयक २०७८ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप