प्रतिनिधिसभा बैठकको सुरुमै एमालेको अवरोध
नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठकमा नाराबाजी गर्दै अवरोध थालेको छ । एमालेको नाराबाजीको कुनै वास्ता नगरी सभामुख अग्नि सापकोटाले सदनको कारवाही अघि बढाएका छन् । आजको बैठकको कार्यसूचीमा विनियोजन विधेयकमाथि छलफल र जवाफ दिने तय गरिएको छ । विनियोजन विधेयक २०७८ अन्र्तगत विभिन्न मन्त्रालयगत शीर्षक हरुमा छलफल सुरु भएको छ ।
सभामुख सापकोटाले विनियोजन विधेयकमाथि विरोधको सूचना दर्ता गरेका नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई बोल्न समय दिएका छन् । सांसद सुवालले सरकारले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई दिन लागेको पदकको बिरोध गर्दै पञ्चायती शैलीलाई निरन्तरता दिएको आरोप लगाएका छन् ।
उनले अमेरिकी सहयोग परियोजना एमसीसीको बिरोध गर्दै सो परियोजना अघि नबढाउन माग गरेका छन् । उनले नेपालमा उत्पादित बिजुली नेपालमै प्रयोग गर्नुपर्ने र खाना पकाउनका लागि सस्तोमा दिन माग गरेका छन् । यस्तै सभामुख सापकोटाले विनियोजन विधेयक २०७८ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण