शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

छोटो अवधिमा महत्त्वपूर्ण उपलब्धि : मुख्यमन्त्री पोखरेल

सोमबार, ०४ असोज २०७८, ११ : १४
सोमबार, ०४ असोज २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले प्रदेश सरकारले छोटो अवधिमा महत्त्वपूर्ण कामहरु गरेको बताएका छन् । प्रदेश सरकार गठन भएको एकसय दिन पूरा भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले बजेट पास गर्नु तीन दिन अगाडि आफ्नो नेतृत्वमा बनेको सरकारले छोटो समयमा बजेट ल्याएको बताए । उनले भने, ‘बजेट पास गर्ने समयमा नयाँ सरकार बनेकाले तीन दिनमा बजेट निर्माण गरेर संसदमा बजेट प्रस्तुत ग¥यौं, छोटो समयमा नै हतार हतारमा बजेट ल्याउनु पर्ने बाध्यताले जनअपेक्षा अनुसार बजेट बनाउन सकेनौँ।’ 

मुख्यमन्त्री पोखरेलले प्रदेशमा झण्डै सात लाख नागरिकलाई कोभिड विरुद्धको खोप लगाइसकेको बताए । उनले नेपालमै पहिलो पटक गण्डकीका मुस्ताङ र मनाङ जिल्लालाई कोभिड–१९, विरुद्धको पूर्ण खोप जिल्ला घोषणा गरिएको बताए ।  त्यसैगरी प्रदेशमा कोरोना संक्रमितहरुको उपचारका लागि सरकारी स्वामित्वका अस्पतालहरुमा आवस्यक जनशक्ति र उपकरणको ब्यवस्था गरिएको उनले बताए । मुख्यमन्त्री पोखरेलले कोभिडको तेस्रो लहरका लागि समेत सरकारले तयारी थालेको दावी गरे । 

उनले प्रदेशमा पदबहालीका क्रममा घोषण गरेको स्तनका साथै पाठेघरको मुखमा लाग्ने क्यान्सर रोगको निःशुल्क उपचार गर्ने योजना अन्तिम चरणमा पुगेको बताए । मुख्यमन्त्री पोखरेलले प्रदेशका विभिन्न जिल्लाहरुमा बाढी बहिरोले घरबारविहीन भएका नागरिकका लागि प्रतिघरका लागि १ लाखका दरले एक करोड ३७ लाख उपलब्ध गराएको बताए।‘प्रदेशमा बाढी पहिरोबाट अतिप्रभावित बनेको मनाङमा घर निर्माणका लागि थप १ लाखका दरले रकम उपलब्ध गराएका छौ,’‘उनले भने,‘घर निर्माणका लागि लागत अन्य जिल्लामा भन्दा मनाङमा धेरै पर्ने भएकाले मन्त्रीपरिषदको निर्णय अनुसार थप रकम उपलब्ध गराएका हौं।’ 

मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश सरकारले मन्त्रीका लागि आवस्यक आचारसंहिता निर्माण गरी कार्यान्वनमा ल्याएको बताए ।

मुख्यमन्त्री पोखरेलले बाढी बहिरोका कारण क्षतिग्रस्त आवास निर्माणका लागि सरकारले जिल्ला दैवीप्रकोप मार्फत उपलब्ध हुनेगरी ७५ लाख उपलब्ध गराएको बताए । 

उनले प्रदेशका लागि प्रदेश गौरवका आयोजना निर्माणका लागि राष्ट्रिय योजना आयोगसँग छलफल गरेको, प्रदेशलाई सडक मानवमुक्त बनाउन ऐन बनाएर अगाडी बढेको बताए । उनले प्रदेश शिक्षा नीति २०७८ बनाएर प्रदेशलाई पूर्ण साक्षरता घोषण गर्ने योजना अगाडी बढाएको र प्रदेश सरकारको आर्थिक अवस्था झल्कले स्वेतपत्र जारी गरिएको बताए । 

मुख्यमन्त्री पोखरेलले प्रदेशमा खानेपानी सहजरुपमा पु¥याउन झण्डौ ९४ प्रतिशत लाइ आधारभूत खानेपानी पुगेको, मूल्यवृद्धि रोक्ने प्रयास गरेको, नवलपुरमा औद्योगिक क्षेत्र बनाउने योजना अगाडि बढेको, पर्यटन र अन्य व्यवसायीको राहतका लागि योजना समेत बनाएको उल्लेख गरे । उनले प्रदेशमा कृषि क्षेत्रमा महत्वपूर्ण कार्य अगाडी बढाएको,गण्डकीमा विश्वविद्यालयको काम अगाडी बढेको,पूर्वाधार निर्माणका कार्य अगाडी बढेको, युवा नीति तयार गरिएको, प्रदेशका तालको अध्ययन, प्राविधिक शिक्षाको मस्यौदा तयार, स्वस्थ्य नीति निर्माण, जनआन्दोलनका घाइते तथा अपांगलाई सरकारी अस्पतालमा निशुल्क उपचार लगायतका कार्य अगाडी बढेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप