ओखलढुंगामा ‘हेल्लो परामर्श सेवा’ बन्द
दीर्घरोगीलाई टेलिफोनमार्फत सेवा दिने उद्देश्यले जिल्लामा सुरुआत गरिएको ‘हेल्लो परामर्श सेवा’ बन्द भएको छ । कोरोना महामारीका सयममा नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जान नसक्ने दम, उच्च रक्तचाप, मधुमेह, बाथ, मिर्गौलाजस्ता बिरामीलाई सल्लाह दिन सो सेवा थालिएको थियो ।
सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले लकडाउन जारी गरेपछि दीर्घरोगीले नियमित सेवन गर्ने औषधि खरिद गरिदिन र फलोअपका लागि अस्पतालसम्म पुर्याइदिन माग गरेका थिए । ती बिरामीले नै एक वर्षसम्म सो सेवा नलिएपछि बन्द गरिएको जनाइएको छ ।
सेवा लिने नागरिकले नै चासो नदेखाएपछि हाल उक्त सेवा बन्द गरिएको अस्पतालका जनस्वास्थ्य निरीक्षक नवराज बानियाँले जानकारी दिए । “सेवा त सुरु गरियो तर, खै किन हो ? जानकारी नभएर हो कि सेवाग्राही नै भएनन् । त्यसैले अहिले बन्द गरेका छौँ ।” उनले भने । “निकै प्रभावकारी हुने अनुमान गरिएको थियो । सोचेजस्तो भएन ।” विशेषज्ञ डाक्टर परामर्शका लागि तयारी अवस्थामा राखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह
-
साँखु नगर आइपुगिन् बज्रयोगिनी माई (फोटोफिचर)
-
रौतहटमा आगलागीबाट ७ घर जलेर नष्ट
-
सिटिजन्स बैंक खुला टेनिस : राष्ट्रिय च्याम्पियन प्रदीप सेमिफाइनलमा
-
बलात्कार आरोपमा उदयपुरबाट एकजना पक्राउ
-
बिदाको दिन चलाइएका पाँच सरकारी सवारी साधन नियन्त्रणमा