भ्यालेन्सियाविरुद्ध रियलको पुनरागमन
अन्तिम चार मिनेटमा दुई गोल गर्दै रियल म्याड्रिडले भ्यालेन्सियाविरुद्ध रोचक पुनरागमन गर्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा रियल २–१ गोलले विजयी भएको हो ।
खेलको ६६ औँ मिनेटमा ह्युगो डुरोले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए । तर, ८६ औँ मिनेटमा करिम बेन्जेमाको पासमा भिनिसियस जुनियरले बराबरी गोल फर्काए । दुई मिनेटपछि भिनिसियसको क्रसमा बेन्जेमाले गोल गर्दै रियललाई महत्त्वपूर्ण तीन अङ्क दिलाए । यो सिजन बेन्जेमाको यो छैटौँ गोल थियो ।
नयाँ प्रशिक्षक कार्लो एन्चेलोटीको नेतृत्वमा रियल यो सिजन अपराजित रहेको छ । ५ खेलमा १३ अङ्क बटुल्दै रियल अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । उता, भ्यालेन्सियाले भने लिगमा सिजनको पहिलो हारको स्वाद चाखेको छ ।
आइतबार नै भएका अन्य खेलमा भिल्लेरियाल र मायोर्का तथा सेभिया र रियल सोसिडाडले गोलरहित बराबरी खेलेका छन् । त्यस्तै, एस्पानियोल र रियल बेटिसबीचको खेल पनि २–२ को बराबरीमा सकियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी