शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादी धनुषाको अध्यक्षमा पण्डित

आइतबार, ०३ असोज २०७८, २३ : ००
आइतबार, ०३ असोज २०७८

नेकपा (एकीकृत समाजवादी) पार्टी धनुषाको अगुवा कार्यकर्ता भेलाले रामचन्द्र पण्डितको अध्यक्षतामा २ सय १ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ । आइतबार सो पार्टीको नयाँ जिल्ला कमिटी निर्माण गरिएको हो । भेलाबाट जिल्ला उपाध्यक्षमा शितल साहलाई चयन गरिएको छ । त्यस्तै सचिवमा सोमप्रसाद शर्मा र उप–सचिवमा राजकुमार यादवलाई चयन गरिएको एकीकृत समाजवादीका केन्द्रिय सदस्य श्रीप्रसाद साहले जानकारी दिए ।

अध्यक्ष पदमा नियुक्त भएका पण्डित एमालेमा निर्वाचित उपाध्यक्ष थिए भने करिब दुई महिना पहिले उनलाई एकीकृत समाजवादी धनुषाको अध्यक्ष तोकिएको थियो । उपाध्यक्ष साह भने नेपाल पत्रकार महासंघका पूर्व कोषाध्यक्ष हुन् । सदस्यहरुको नाम भने १६ गते मात्र टुङ्गो लगाइने साहले जानकारी दिए ।

एकीकृत समाजवादी प्रदेश २ का इन्चार्ज धर्मनाथ साहको प्रमुख आतिथ्यतामा भएको भेलामा केन्द्रिय सदस्यहरु नागेन्द्र चौधरी, शत्रुधन महतो, रत्नेश्वरलाल गोइत, सुधीर साह, पूर्वमन्त्री यदुवंश झा लगायतका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप