ओलीलाई जनताले सजाय दिन्छन् : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीका कारण एमाले भन्न समेत नाक र मुख खुम्च्याउने अवस्था आएको बताएका छन् । पोखरामा आइतबार आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । उनले नेता ओलीको अहमताका कारण पार्टी र देश नै जटिल अवस्थामा पुगेको आरोप लगाए । ‘केपी ओलीको अहमताले पार्टी र देश नै संकटमा पर्यो,’ उनले भने, ‘ओलीका कारण यस्तो अवस्था आएकाले एमालेको नाम लिँदा नाक, मुख खुम्च्याउने अवस्था उत्पन्न भयो ।’
अध्यक्ष नेपालले संविधान मिच्ने र प्रतिनिधिसभाको दुई/दुई पटक हत्या गर्ने ओलीलाई जनताले सजाय दिने बताए । उनले तत्कालीन ओली सरकारले राज्यको सम्पत्तिमा लुट मच्चाउने काम गरेको आरोप समेत लगाए । शनिबार पोखरा आएका अध्यक्ष नेपालले पोखराको जाल्पारोडमा पार्टीको प्रदेश, जिल्ला र पोखरा महानगर कमिटी कार्यालयको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा एकीकृत समाजवादीका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार निर्वाचन : श्रेष्ठ भन्दा मिश्र करिब दोब्बर मतले अगाडि, महासचिवमा केदारप्रसादलाई पछ्याउँदै यज्ञमणि
-
कर्णालीका मुख्यमन्त्री भन्छन्ः जनताको आयु बढेको छ, यो परिवर्तन हैन र ?
-
रविन्द्र मिश्र र धवल शमशेरसहित २० जनालाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
रावणहरुको शासन मास्नु पर्छ : डा. प्रकाशचन्द्र लोहनी
-
न्युजिल्यान्ड क्रिकेट टोलीका प्रमुख प्रशिक्षकले अप्रत्यासित रूपमा गरे पद त्यागको घोषणा
-
बुद्धिमानको प्रश्नः राणा र मिश्र ढुंगा हान्ने र आगो लगाउने मान्छे हुन् ?