शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीलाई जनताले सजाय दिन्छन् : माधव नेपाल

आइतबार, ०३ असोज २०७८, २२ : ४६
आइतबार, ०३ असोज २०७८

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीका कारण एमाले भन्न समेत नाक र मुख खुम्च्याउने अवस्था आएको बताएका छन् । पोखरामा आइतबार आयोजित पार्टी  कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । उनले नेता ओलीको अहमताका कारण पार्टी र देश नै जटिल अवस्थामा पुगेको आरोप लगाए । ‘केपी ओलीको अहमताले पार्टी र देश नै संकटमा पर्यो,’ उनले भने, ‘ओलीका कारण यस्तो अवस्था आएकाले एमालेको नाम लिँदा नाक, मुख खुम्च्याउने अवस्था उत्पन्न भयो ।’

अध्यक्ष नेपालले संविधान मिच्ने र प्रतिनिधिसभाको दुई/दुई पटक हत्या गर्ने ओलीलाई जनताले सजाय दिने बताए । उनले तत्कालीन ओली सरकारले राज्यको सम्पत्तिमा लुट मच्चाउने काम गरेको आरोप समेत लगाए । शनिबार पोखरा आएका अध्यक्ष नेपालले पोखराको जाल्पारोडमा पार्टीको प्रदेश, जिल्ला र पोखरा महानगर कमिटी कार्यालयको उद्घाटन गरेका छन्  । उद्घाटन कार्यक्रममा एकीकृत समाजवादीका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप