बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ओमानविरुद्ध नेपाल ७ विकेटले विजयी

आइतबार, ०३ असोज २०७८, २१ : ३१
आइतबार, ०३ असोज २०७८

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले ओमानलाई ७ विकेटले हराएको छ । ओमानले दिएको १ सय २२ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमै भेट्टाएको हो ।

नेपालबाट ओपनर आसिफ शेखले ४० र कप्तान ज्ञानेन्द्र मल्लले अविजित ५२ रन बनाए । त्यसअघि अर्का ओपनर कुशल भुर्तेल ६ रनमै समेटिएका थिए । रोहित पौडेल ६ रनमै समेटिएको खेलमा शरद् भेस्वाकरले अविजित १ रन बटुले ।

त्यसअघि बलिङमा नेपाल निकै घातक देखिएको थियो । नेपालबाट करण केसी र सन्दीप लामिछानेले ४–४ विकेट लिए । जसकारण, ३७ ओभर १ बलमै ओमान १ सय २१ रनमा अलआउट भयो । ओमानबाट कप्तान जिसान मक्सदले ४१ रन बनाएपनि अन्य ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् ।

शृंखलामा अन्तर्गत यसअघि पहिलो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो । त्यस्तै, अमेरिकासँग खेलेका दुई खेलमध्ये एउटामा ५ विकेटले विजयी भयो । अर्को, खेलमा ६ विकेटले पराजित भयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप