शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युत् खरिद बिक्री सम्झौता तत्काल खुलाउन वरिष्ठ उपाध्यक्ष ढकालको माग

आइतबार, ०३ असोज २०७८, २१ : ३२
आइतबार, ०३ असोज २०७८

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत खरिद बिक्री सम्झौता (पीपीए) तत्काल खुलाउन माग गरेका छन् । नेपाल पोल एशोसिएशनको ८ औं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् ।

उनले विद्युत् प्राधिकरणले पीपीए नगरिदिँदा करोडौं लगानी गरिसकेका परियोजनाका प्रवद्र्धकहरु संकटमा परेकाले पीपीए खुलाउन माग गरेका हुन् । अहिले धेरै जलविद्युत् कम्पनीहरुले अर्बाैँ लगानी गरिसकेको र पूर्वाधारका काम अघि बढाइसक्दा पनि विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) रोकिएको स्मरण गराउँदै ढकालले यसबाट लागत र अन्योल बढेको बताए ।

 ‘अहिले पिक सिजनमा विद्युत् खेर जाने अवस्था सिर्जना हुने भएकाले कतै पीपीए रोकिने पो हो कि भन्ने हाम्रो आशंका छ,’ उनले भने, ‘अर्बौं लगानी गरिसकेका व्यवसायीलाई यसरी अन्योलमा पार्नुभएन, निजी क्षेत्रलाई प्रोत्साहित गर्न सकेमा मात्र आर्थिक विकास हुन्छ ।’

वरिष्ठ उपाध्यक्ष ढकालले स्टिल उद्योगसम्बन्धी सरकारको नयाँ नीतिका कारण विद्युत्को खपत बढ्नसक्ने उल्लेख गर्दै खपत बढाउने उपायको खोजी गर्नुपर्ने धारणा राखे । उनले ऊर्जाका क्षेत्रमा सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने हो भने चाँडै नै देखिनेगरी परिणाम निकाल्न आफूहरु तयार रहेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप