वेस्टर्न युनियनको ‘क्यास उत्सव’: ५ लाख नगद जित्ने अवसर
![वेस्टर्न युनियनको ‘क्यास उत्सव’: ५ लाख नगद जित्ने अवसर](https://rpcdn.ratopati.com/media/albums/Mnemonic_1_XRZZS0ePQW.jpg)
काठमाडौं । वेस्टर्न युनियनले दसैँ र तिहारको अवसरमा ‘क्यास उत्सव’ योजना ल्याएको छ । यो योजनामा ग्राहकहरुले असोज १ गतेदेखि कार्तिक २५ गतेसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्नेछन् ।
यो प्रबर्द्धनमा सहभागी हुन नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट एटीटी रेमिट, सीजी फिन्को, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक र सूर्य रेमिट बाट रकम प्राप्त गरेको हुनुपर्नेछ ।
सम्पूर्ण योग्य कारोबार स्वचालित रुपमा साप्ताहिक ड्रमा समावेश हुनेछ । यो योजना अन्तर्गत हरेक हप्ता ५ जना भाग्यशाली विजेताले २० हजार जित्नेछन् । यस बाहेक, प्रबद्र्धन अवधिभर सम्पूर्ण योग्य कारोबारहरू स्वचालित रुपमा बम्पर लक्की ड्र मा समावेश हुनेछन् ।
यो योजना असोज १ गतेबाट कार्तिक २५ गतेसम्म लागू गरिने कम्पनीले जनाएको छ । यस योजनाको बम्पर लक्की ड्र मंसिर ६ गते गरिने पनि कम्पनीले बताएको छ । मंसिर ६ गते हुने बम्पर लक्की ड्रमा १ जना भाग्यशाली विजेताले ५ लाख नगद जित्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या