शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनसीएचएल–आईपीएस प्रणालीमा अब दिउँसो ३ बजेसम्म कारोबार हुने

आइतबार, ०३ असोज २०७८, १९ : ३०
आइतबार, ०३ असोज २०७८

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बाट सञ्चालित अन्तरबैंक भुक्तानी प्रणाली (एनसीएचएल–आईपीएस) प्रणालीमा अब दिउँसो ३ बजेसम्म कारोबार हुने भएको छ ।

यस प्रणालीमार्फत गरिने बैकका ग्राहकहरुको कारोबार, नेपाल सरकार, पुँजी बजार, अर्ध सरकारी संस्थाहरु लगायतका विभिन्न कारोबारलाई अझ प्रभावकारी र सहज गर्न प्रणालीमा रहेका सत्रहरुको समय तालिका बृद्धि गरिएको कम्पनीले बताएको छ । 

सोही व्यवस्था अनुसार एनसीएचएल–आईपीएस प्रणालीमा बिहानको ९ बजेदेखि दिनको ३ बजेसम्म (आइतबारदेखि बिहीबारसम्म नेपाली मुद्रा, र सोमबारदेखि बिहीबारसम्म वैदेशिक मुद्रा) प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा (टी प्लस ओ)नै फर्छयौट हुने व्यवस्था लागु भएको छ । यस अघि बिहानको १० बजेदेखि दिनको १ बजेसम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा फर्छौट हुनेगरेको छ । उक्त समय सीमा बृद्धी  पछि प्रणालीमा आएका कारोबारहरू अर्को दिनमा फर्छयौट हुने व्यवस्था यथावत् रहने पनि कम्पनीले जनाएको छ । 

त्यसैगरी, दिनको ३ः३० बजेसम्म प्राप्त भएका बैंकको आफ्नो ट्रेजरी पेमेन्ट सम्बन्धी भुक्तानी आदेशहरु सोही दिनमा फर्छयौट हुने र शुक्रबारको दिन १२ः३० बजेसम्म प्राप्त भएका भुक्तानी आदेशहरू पनि सोही दिनमा फर्छयौट हुने व्यवस्था मिलाइएको नेपाल क्लियरिङ हाउसले जनाएको छ ।

हाल नगद तथा कागजमा आधारित भुक्तानीहरु भन्दा डिजिटल भुक्तानीको लोकप्रियता बढेसँगै एनसीएचएल–आईपीएसमा  बृद्धि  भएको समय सीमाले ग्राहकहरुलाई थप सुविधा हुने विश्वास गरिएको छ । एनसीएचएल–आईपीएस मार्फत तलब भत्ता, केन्द्रिय तथा स्थानीय सरकारी भुक्तानीहरु, सप्लायर÷ पार्टी पेमेन्टहरु, कस्टमर फन्ड ट्रान्स्फर, डिभिडेन्ड लगायतका विभिन्न भुक्तानी नगद वा चेक बिना सिधै खाताबाटै रकमान्तर गर्न सकिन्छ । हाल यस प्रणालीमा ५९ बैंक वित्तिय संस्थाहरु आबद्ध रहेका छन् । 

यस प्रणालीमार्फत प्रति कारोबार २० करोड सम्मको भुक्तानी गर्न सकिन्छ भने सरकारी भुक्तानी ३० करोडसम्म, ट्रेजरी पेमेन्ट सम्बन्धी भुक्तानी ५० करोडसम्म र सरकारी भुक्तानी २ अर्बसम्म गर्न सकिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप