बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा ७८ प्रतिशत नागरिकलाई कोभिड–१९ खोप लगाइयो

आइतबार, ०३ असोज २०७८, १९ : २३
आइतबार, ०३ असोज २०७८

चीनमा शनिबारसम्म कोभिड–१९ खोप प्राप्त गर्ने व्यक्तिको कूल सङ्ख्या एक अर्ब १० करोड पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।

यो सङ्ख्या कूल जनसङ्ख्याको ७८ प्रतिशत हो । कोभिड–१९ प्रतिक्रियाको लागि राज्य परिषद् अन्तर–संस्थान कार्य दलको तथ्याङ्कअनुसार मुख्य भूमि चीनमा मा एक अर्ब दुई करोड भन्दा बढी मानिसहरूले कोभिडविरूद्धको खोपको पूरा मात्रा लगाइसकेका छन् । 

चीनमा कोभिड–१९ विरूद्धको एक खोप लगाउनेको सङ्ख्या दुई अर्ब १७ करोडभन्दा बढी पुगेको छ । 

कोभिड–१९ विरूद्धको खोप धेरै लगाउने विश्वका प्रमुख देशहरुमध्ये चीन एक भएको उक्त कार्यदलले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप