खेलकुद

सन्दीप र करणको घातक बलिङ, १ सय २१ रनमा समेटियो ओमान

person explore access_timeअसोज ३, २०७८ chat_bubble_outline0
फाइल फोटो

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तरगतको त्रिकोणात्मक शृङ्खलामा नेपाली बलरहरूले शानदार प्रदर्शन गर्दा ओमान मात्र १ सय २१ रनमा समेटिएको छ । करण केसी र सन्दीप लामिछानेले ४–४ विकेट लिएपछि ओमान मात्र ३७.१ ओभरमा अलआउट हुन पुगेको हो ।

ओमानका लागि कप्तान जिसान मक्सुदले सर्वाधिक ४१ रन बनाए भने जतिन्दर सिंहले १३ तथा नसिम खुसीले १२ रनको योगदान दिए ।  नेपालका लागि केसीले ८ ओभरमा मात्र २५ रन खर्चेर ४ विकेट लिए भने लामिछानेले ८.१ ओभरमा १८ रन खर्चेर समान विकेट लिए । शरद भेस्वाकरले २ विकेट लिए ।

शृङ्खलामा नेपाल ओमानसँग यसअघि ५ विकेटले पराजित भएको थियो । आफ्नो पहिलो खेलमा अमेरिकालाई नेपालले ५ विकेटले नै पराजित गरेको थियो । दोस्रो खेलमा ओमानसँग हार बेहोरेको नेपाल तेस्रो खेलमा पनि अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।

​लिगको अङ्क तालिकामा नेपाल पुछारबाट दोस्रो स्थानमा रहेको छ । ७ खेल खेलेको नेपालले तीनमा जीत र चारमा हार बेहोर्दै ६ अङ्कमात्र बटुलेको छ । ओमान १२ खेलबाट २० अङ्क बटुल्दै शीर्ष स्थानमा रहेको छ । आईसीसी​ विश्वकप क्रिकेट लिग–२ मा नेपालसहित ओमान, स्कटल्याण्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र संयुक्त अरब इमिरेट्स (यूएई) गरी सात राष्ट्रबीच खेल भइरहेको छ । सातै राष्ट्रले सन् २०२३ सम्म प्रतिस्पर्धा गर्नेछन् । शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

 

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।