संविधान दिवसमा तीन वटै व्यवसायिक छाता संगठनका अध्यक्ष सम्मानित
आइतबार, ०३ असोज २०७८, १८ : ४२
सातौं संविधान दिवसका असरमा उद्योगी/व्यवसायीका तीन वटै ठूला छाता संगठनका अध्यक्ष सम्मानित भएका छन् । उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सका अध्यक्ष सम्मानित बनेका हुन् ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा सुप्रबल जनसेवाश्रीबाट विभूषित बनेका छन् । यस्तै, अर्को छाता संगठन उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल समेत यही पदकबाट विभूषित बनेका छन् ।
यसैगरी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल जनसेवाश्री पदकबाट विभूषित बनेका छन् । संविधान दिवसको अवसरमा ९०३ जनाले विभिन्न पदकबाट विभूषित हुँदा उद्योगी÷व्यवसायीको छाता संगठनका अध्यक्षहरू पनि सम्मानित बनेका हुन् ।
उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदकबाट सम्मानित गरेकी हुन् । योसहित अन्य ४० जना उद्योगी/व्यवसायीसमेत सरकारबाट सम्मानित बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न मन्त्री भण्डारीको आग्रह
-
घनश्यामको प्रस्तावमा माधवको कैँची, कार्यविभाजनले असन्तुष्टि सामसुम !
-
यस्तो छ ‘द्रौपदी’ लुक्स
-
दुर्गा प्रसाईंको रिट खारेज, ऋण असुली गर्न बैंकलाई सहज
-
मिडल अर्डरमा राम्रो गर्न सकेनौँ : कप्तान आसिफ
-
चियासँग चुरोट पनि पिइरहनु भएको त छैन ?