शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हाइप्रोफाईल व्यक्तिलाई होटलमा बोलाएर १८ लाख ‘बार्गेनिङ’

३ जना महिला पक्राउ
आइतबार, ०३ असोज २०७८, १८ : ३३
आइतबार, ०३ असोज २०७८

काठमाडौं । हाइप्रोफाईल व्यक्तिलाई दाङको घोराही उप–महानगरपालिका स्थित होटलमा बोलाएर ‘बार्गेनिङ’ गर्ने ३ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही–१५ बस्ने ३२ वर्षीया सितादेवी थापा, ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुस्मा परियार छन् ।

२०७८ साउन ६ मा उनीहरुले घोराही–१५ स्थित कोहिनुर रेष्टुरेण्टमा भद्र बहादुर जैसी (परिवर्तित नाम) लाई फोन गरेर ‘घरायसी विषयमा सल्लाह लिन’ भनेर बोलाए । उनीहरुले बियर र मासु खाँदै गफ गरेका थिए । होटलबाट हिँड्ने बेलामा भद्र बहादुर शौचालय गए । फर्किँदा सितादेवी थापा ओछयानमा पल्टिरहेकी थिइन् ।

भद्रबहादुरले सितादेवीलाई उठाउन खोज्दा उनले गाली गर्न थालिन् । खुमा ओलीले फोटो खिचिन् । सितादेवीले गाली गरिन्–‘मेरो ईज्जतमा हात हाल्ने, बलात्कारको मुद्दा हाल्छु ।’

अचानाक त्यस्तो व्यवहार भोग्नुपर्दा भद्रबहादुर छाँगाबाट खसेजस्तै भए । साउन ७ मा खुमा ओलीले फोन गरेर ‘मुद्दा दर्ता गर्न दिँदैनौं छलफल गरौं’ भन्न थालिन् । छलफल गर्ने नाममा सागर एण्ड सुनिल रेष्टुरेन्ट तथा लजमा बोलाएर उनीहरुले त्रास देखाएर ५० लाख मागे । छलफलबाट १८ लाख लेनेदन गर्ने सहमती भएको थियो ।

उनीहरुले १ लाख नगद लिएर १७ लाख बराबरको सिभिल बैंकको चेक जबर्जस्ती काट्न लगाएको अनुसन्धानबाट खुलेको दाङका एसपी सुरेश काफ्लेले रातोपाटीलाई बताए । सितादेवीको समूहले यसअघि पनि ‘पैसावाल’लाई हनी ट्रयापमा पारेर असुल्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । २०७७ मा उनिहरुले तिनजनासँग त्यसैगरी ४३ लाख, ३८ लाख र ३५ लाख ‘बार्गेनिङ’ गरेर असुलेका थिए ।

‘सो समूहको पेशा नै बार्गेनिङ गर्नेखालको देखिन्छ’ एसपी काफ्ले भन्छन्–‘आपराधिक लाभ लिन नहुने कसुरमा म्याद लिएर थप अनुसन्धान गरिररहेका छौं ।’

भद्रबहादुर इज्जतको लागी प्रहरीकहाँ आउन ढिला गरेका हुन् ।  प्रहरीले सिताको घरबाट भद्रबहादुरले दिएको १७ लाखको चेक बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप