शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

असोज तीन, अधुरो संविधानको प्रतिरोध दिन (फोटोफिचर)

आइतबार, ०३ असोज २०७८, १७ : ५६
आइतबार, ०३ असोज २०७८

संविधान अपुरो भएको भन्दै नागरिक समाजका अगुवाहरुले विरोध प्रदर्शन गरेका छन् ।आइतबार संविधान दिवसका दिन काठमाडौमा विरोध प्रदर्शन गर्दै नागरिक समाजका अगुवाहरुले नेपालको संविधान लेखेको प्लेकार्ड जलाएका हुन् ।

प्रदर्शनमा सहभागीहरुले ‘असोज ३ कालो दिन, असोज ३ अधुरो संविधानको प्रतिरोध दिन’ जस्ता प्लेकार्डहरु प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनमा नारायण वाग्ले, खगेन्द्र संग्रौला लगायतको उपस्थिति रहेको थियो ।२०७२ सालमा संविधान जारी भएपछि सरकारले प्रत्येक असोज ३ लाई संविधान दिवसका रुपमा मनाउँदै आएको छ । तर, कतिपय समुदायले यो संविधानलाई अपुरो संविधान भन्दै संशोधनका लागि माग गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप