महेश बस्नेतको अभिव्यक्तिको वाईसीएलद्वारा विरोध
माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलका सहसंयोजक सुवोध शेर्पालीले एमाले नेता महेश बस्नेतको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । पार्टी अध्यक्ष प्रचण्डलाई जोडेर बस्नेतले खेदजनक अभिव्यक्ति दिएको शेर्पालीको भनाइ छ । ‘नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिको आठौं केन्द्रीय बैठक र राष्ट्रिय भेला कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य महेश बस्नेतले हाम्रो पार्टीका अध्यक्ष प्रचण्डलाई एमाले प्रवेश गर्न खुला आव्हान गर्नु अत्यन्तै लज्जास्पद र खेदजनक कुरा हो’, शेर्पालीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘बस्नेतले प्रचण्डको राजनीतिक भविष्य सुनिश्चित गर्न बकबक गर्नु निकृष्टता मात्रै हो ।’
शेर्पालीले एमालेसँग कुनै विचार, सिद्धान्त, विधि, पद्धति र लोकतान्त्रिक चरित्र नभएको आरोप लगाउँदै भनेका छन्, ‘त्यो पार्टी नै अस्तित्व कहिलेसम्म रहन्छ भन्ने विषय नै शंकाको घेरामा छ । प्रचण्ड बा बनेर होइन जनताको सेवक अनि ढुकढुकी बनेर यो स्थानमा आइपुगेका जननेता हुन् ।’ अराजकताले हद नाघे विगतमा जस्तै गुमनाम भएर हिँड्ने अवस्था आउन सक्ने चेतावनी दिँदै उनले बस्नेतलाई विचार गरेरमात्रै बोल्न सुझाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण