फुट्यो निजामति कर्मचारी संगठन, माइन्युट, छाप र लेटरप्याड चोरी भएको भन्दै उजुरी

नेपाल निजामति कर्मचारी संगठन फुटेको छ । नेकपा एमाले फुटेसँगै सो पार्टी नजिक रहेको कर्मचारी संगठन पनि फुटेको हो । आइतबार एमालेबाट फुटेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निकट रहेको कर्मचारी संगठनको बैठकले संगठनका अध्यक्ष केदार देवकोटासहित पदाधिकारीलाई हटाउँदै नयाँ नेतृत्वको घोषणा गरेको छ ।
माधव नेपाल पक्षधर कर्मचारी संगठनले अध्यक्ष देवकोटासहित वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला तथा उपाध्यक्षहरू ललिकबहादुर महर्जन, रेणुका केसी, रामचन्द्र जोशी, नौतम पोखरेल, भवानी दाहाल र सह कोषाध्यक्ष गणेश आचार्यलाई पदबाट हटाएको जनाएको छ ।
यो समूहले अध्यक्षमा हालका महासचिव रेवन्त गौतम र वरिष्ठ उपाध्यक्षमा मोहन गिरीलाई चयन गरेको छ । त्यस्तै उपाध्यक्षहरूमा सीता गुरुङ, वेदप्रसाद खवितडा, हरिकाजी राई, हरिदत्त जोशी, जयकान्त झा, राजकुमार दास, नृपराज जोशी, भीमबहादुर विष्ट र दयाराम खत्री चयन भएका छन् । शरणकुमार गुरुङ महासचिव चयन भएका छन् ।
देवकोटाले पदको दुरुपयोग गर्दै संगठनको मर्यादाविपरीत महासचिवसँग सल्लाह नगरी बैठक बोलाएर एकपक्षीय घोषणा गरेको भन्दै उनलाई पदबाट हटाएको जनाइएको छ ।
यसैबीच देवकोटा नेतृत्वको कर्मचारी संगठनले आइतबारै आगामी माघमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।
आइतवार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनले केन्द्रिय कार्यसमितिको आठौं बैठकले ११ औँ राष्ट्रिय अधिवेशन आगामी माघ ७ र ८ गते काठमाडौंमा गर्ने जानकारी दिएको हो । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटाले अधिवेशनको निर्णय गर्न लाग्दै गर्दा संगठनको माइन्युट बुक, छाप र लेटर प्याड चोरी भएको र अहिले पुलिसलाई छानबिनका लागि निवेदन दिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका २४ विमानस्थल नागरिक सेवाका लागि बन्द, मार्सल तैनाथ
-
पाकिस्तानले सम्पूर्ण पश्चिमी सीमामा आक्रमण गरेको भारतीय सेनाको आरोप, पाकिस्तानद्वारा अस्वीकार
-
आईपीएलको विषयमा निर्णय लिन बीसीसीआईको बैठक बस्दै
-
फ्राइडे रिलिज : भिड्दै ‘ऊनको स्वीटर’ र ‘जार’
-
नमोबुद्धका बालबालिकामा ‘हेपाटाइटिस’ सङ्क्रमण
-
भारत पाकिस्तान तनाव : अमेरिका युद्धमा संलग्न नहुने