शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले स्थायी कमिटी बैठक : तीनवटा दस्तावेजमाथि छलफल

आइतबार, ०३ असोज २०७८, १७ : १२
आइतबार, ०३ असोज २०७८

नेकपा एमालेको स्थायी कमिटी बैठकमा आगामी असोज १५ देखि १७ सम्म हुने विधान महाधिवेशनमा प्रस्तुत हुने तीनवटा प्रस्तावमाथि छलफल सुरु भएको छ । तुलसीलाल अमात्य प्रतिष्ठानमा सुरु भएको बैठकमा राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमा छलफल भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

तीनवटै प्रस्तावको स्थायी कमिटी सदस्यले अध्ययन गरेर सुझाव दिने क्रम सुरु भएको छ । आइतबारको बैठकमा अमृतकुमार बोहोरा, केशव बडाल, पुष्प कँडेल, घनश्याम भुसाल र युवराज ज्ञवालीले आफ्ना विचार राखेका थिए ।
अर्को बैठक सोमबार एक बजे बस्नेछ ।

सोमबारको बैठकमा बाँकी स्थायी समिति सदस्यहरुले आफ्नो सुझाव राखेर तीनवटै प्रतिवेदनलाई आवश्यक सुझावका आधारमा परिमार्जन गरेर असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटीमा अनुमोदनका लागि पेश गर्ने तयारी छ । केन्द्रीय बैठकमा आएका सुझावलाई समेत समेटेर ती प्रस्ताव विधान महाधिवेशनमा पेश हुनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप