शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डेढ अर्ब लगानीमा एशियन कंक्रिटोले इट्टा/टायल लगायत ३० प्रकारका सामाग्री उत्पादन गर्दै

आइतबार, ०३ असोज २०७८, १७ : ००
आइतबार, ०३ असोज २०७८

काठमाडौं । प्रविधिको उच्चतम प्रयोगसहित सञ्चालनमा आएको एशियन​ कंक्रिटोले इट्टा/टायल लगायत ३० प्रकारका निर्माण सामाग्री उत्पादन थालेको छ । डेढ अर्ब लगानीमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा स्थापना भएको कंक्रिटोले आधुनिक प्रविधिको प्रयोग गरेर निर्माणजन्य ३० प्रकारका सामाग्री उत्पादन गर्दै आएको हो ।

उद्योगका उपाध्यक्ष श्यामलाल झाले जर्मन प्रविधिको मासा कम्पनीको उपकरण प्रयोग गरेर दैनिक १ हजार ५०० जनाले गर्ने काम मेसिनबाट गर्दै आएको बताइएको छ । झाले बालुवा, गिट्टी, सिमेन्ट, पानी र रड उद्योगको कच्चा पदार्थ भएको बताए ।

यसबाट उच्च गुणस्तरसहितको कंक्रिटो उत्पादन गर्दै आएको उद्योगले जनाएको छ । उद्योगको दैनिक उत्पादन क्षमता ६०० मेट्रिक टन छ । उद्योगबाट उत्पादित निर्माण सामाग्रीको आयु ५० वर्षसम्म भएको कम्पनीको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप