मसालका पुराना नेता गुरुङको निधन
आइतबार, ०३ असोज २०७८, १६ : ३३

नेपाल कम्युनिस्ट पार्टी (मसाल)का पुराना नेता खगुलाल गुरुङको १०४ वर्षको उमेरमा निधन भएको छ । नेता गुरुङको निधनप्रति मसालका महामन्त्री मोहनविक्रम सिंहले दुःख प्रकट गर्दै पार्टी र सम्पूर्ण नेपाली कम्युनिस्ट आन्दोलनले एक आदर्श, अविचलित र दृढ इच्छाशक्ति भएको कम्युनिस्ट व्यक्तित्वलाई गुमाउन पुगेको जनाएका छन् ।
गुरुङ वि.सं. २००७ साल देखि नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका थिए । २०१० सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्य बनेका उनी लामो समयदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा आवद्ध रहँदै आएका थिए । २०१५ सालको आम निर्वाचनमा गुरु प्युठानबाट नेकपाको उम्मेदवार समेत बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका २४ विमानस्थल नागरिक सेवाका लागि बन्द, मार्सल तैनाथ
-
पाकिस्तानले सम्पूर्ण पश्चिमी सीमामा आक्रमण गरेको भारतीय सेनाको आरोप, पाकिस्तानद्वारा अस्वीकार
-
आईपीएलको विषयमा निर्णय लिन बीसीसीआईको बैठक बस्दै
-
फ्राइडे रिलिज : भिड्दै ‘ऊनको स्वीटर’ र ‘जार’
-
नमोबुद्धका बालबालिकामा ‘हेपाटाइटिस’ सङ्क्रमण
-
भारत पाकिस्तान तनाव : अमेरिका युद्धमा संलग्न नहुने