शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संविधान दिवसमा ‘राजा आऊ, देश बचाऊ’ को नारा (फोटो)

आइतबार, ०३ असोज २०७८, १६ : ३०
आइतबार, ०३ असोज २०७८

आज असोज ३ । गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता जस्ता उपलब्धिलाई संस्थागत गर्दै नेपालको संविधान जारी भएको दिन । आज देशभर त्यसैको खुसियालीमा संविधान दिवस मनाइरहेको छ । तर, अझै पनि संविधानप्रति असन्तुष्टिहरू कायम नै रहेका छन् ।

मधेसवादी दलहरू अझै पनि मधेस आन्दोलनका मुद्दाहरू सम्बोधन गर्नका लागि संशोधनको माग गरिरहेका छन् । आजका दिनलाई उनीहरूले ‘कालो दिवस’ को रूपमा पनि मनाइरहेका छन् । अर्कोतर्फ राजावादीहरूले पनि आज राजतन्त्र पुनःस्थापनाको माग गर्दै प्रदर्शन गरेका छन् । राजधानीमा आयोजित प्रदर्शनमा राजावादीहरूले ‘राजा आऊ, देश बचाऊ’ भन्दै नारासमेत लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप