२४ घण्टामा ७३४ जनामा कोरोना पुष्टि, १४१३ जना संक्रमणमुक्त
आइतबार, ०३ असोज २०७८, १६ : २९

पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा झण्डै दोब्बर संख्यामा संक्रमणमुक्त भएको जनाएको छ । मन्त्रालयका अनुसार १४१३ जना संक्रमणमुक्त भएका हुन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ८४ हजार ५६६ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८८ हजार ९८६ जना पुगेको छ । संक्रमितमध्ये ७ लाख ४९ हजार ३१३ जना संक्रमणमुक्त भएका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ११ हजार ४० पुगेको छ ।
हाल देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमित रहेका छन् भने ११७ जना भेन्टिलेटरमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा १० हजार १३ जनामा परीक्षण भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारीको गाडीबाट प्रहरीले पैसा उठाएको गुनासो आएको छ
-
दुई पूर्वविजेता इङ्लिस क्लब म्यान युनाइटेड र टोट्टनहामबिच उपाधि भिडन्त
-
तरकारी निकासीमा प्रहरीले पैसा असुल्छ, नदिए भन्सारमा बुझाउँछ
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
एक महिनादेखि थुप्रियो बिष्णुमती किनारमा फोहोर (तस्बिरहरु)
-
हरित अर्थतन्त्रमा नेपाल रोल मोडल देश बन्नसक्छ : जलवायु वित्त विज्ञ क्षेत्री