शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मकवानपुरबाट ७ जना जुवाडे पक्राउ

आइतबार, ०३ असोज २०७८, १६ : ०८
आइतबार, ०३ असोज २०७८

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ स्थित चाइना क्वार्टरबाट प्रहरीले जुवा खेलिरहेका ७ जनालाई पक्राउ गरेको छ । स्थानिय राकेश केसीको घरमा जुवा खेलिरहेका जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा जुवाखाल सञ्चालक राकेश केसी, हेटौंडा घर भएका रमेश श्रेष्ठ, प्रदिपजंग पण्डित, पदमबहादुर भण्डारी, एकबहादुर थापा, दिपेन्द्रकुमार मिश्र र धादिङ घर भएका बाबुकृष्ण उप्रेती छन् । आरोपीहरुलाई जुवा मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जिप्रका मकवानपुरका इन्सपेक्टर देवेन्द्र दासले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप