बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

टीभीएस ग्रान्ड दसैँ एक्सचेञ्ज मेला आजबाट, नयाँ सवारी खरिदमा १० लाखसम्मको आकर्षक उपहार

आइतबार, ०३ असोज २०७८, १४ : ४८
आइतबार, ०३ असोज २०७८

काठमाडौं । नेपालको लागि टीभीएस टू–ह्वीलरको आधिकारीक वितरक जगदम्बा मोटर्सले आजबाट टीभीएस ग्रान्ड दसैँ एक्सचेञ्ज मेला आजबाट शुरु भएको छ ।

भृकुटीमण्डपमा आयोजना हुने  उक्त मेला असोज ६ गतेसम्म ६ दिनका लागि आयोजना हुने कम्पनीले जनाएको छ। एक्स्चेन्ज मेलामा ग्राहकले मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको सट्टामा टीभीएसको नयाँ मोटरसाइकल वा स्कुटर लिएर घर जान सक्ने छन्।

मेला अन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्य भन्दा थप १० हजारसम्म मूल्याङ्कन पाउने छन् । त्यस्तै नयाँ सवारी खरिद नगरी १ लाखसम्म र किनिसके पछि १० लाखसम्मको आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।

त्यसको लागि नयाँ सवारी किन्न इच्छुक ग्राहकले tvsnepal.com/Dashain मा जानु पर्ने हुन्छ। यसैगरी ० प्रतिशत ब्याजदरको विशेष सुविधाका कारण यो मेला किस्ताबन्दीमा सवारी किन्न चाहनेका लागि समेत उत्साहजनक रहेको छ। यस अफरमा प्रि–बुकिङ्ग गरेमात्र पनि ग्राहकहरुको लागि २ हजार बराबरको आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप