पदक पाउने पत्रकारमथि खनिए ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पदक घोषणा गरिएका पत्रकार तथा कानुन व्यवसायीहरुको उछितो काढेका छन् । आइतबार पार्टीले संविधान दिवसका अवसरमा गरेको कार्यक्रममा बोल्दै उनले अघिल्लो सरकारको विपक्षमा खोइरो खन्ने पत्रकारहरुलाई पदक बाँडिएको भन्दै कटाक्ष गरे ।
उनले भने, ‘अघिल्लो सरकार जो लोकप्रिय थियो, विकास प्रेमी थियो त्यस सरकारको विपक्षमा खोइरो खनेर एउटा पनि सकारात्मक समाचार नदिने सबै बेठीक बेठीक समाचार दिएर देशलाई भड्खालोमा हाल्न खोज्ने सञ्चार माध्यम र तिनका साहुहरू ठूल्ठूला पदकहरूले सम्मानित भए । कमसेकम खोज पत्रकारिता गर्ने, लोकतन्त्रको पक्षमा, लोकतन्त्रको पक्षमा धर्म निर्वाह गर्ने पत्रकारलाई सम्मानित गरेको भए हुन्थ्यो नि ।’
उनले अधिवक्ता तथा न्यायाधीशहरूलाई समेत कटाक्ष गर्दै भने, ‘झगडियाहरु सम्मानित, मुद्धा हाल्ने सम्मानित, तथानाम बहस गर्नेहरु सम्मानित, जे पायो त्यही बोल्नेहरू सम्मानित । दुई चार जना छुटेको जस्तो लाग्यो नाम भन्दिनँ । तिनलाई किन छोडेको होला ? मुद्धा हराइदिने, जिताइदिने, तराजु कोल्टे फर्काइदिनेहरुलाई पदक । तराजुपनि गजव रहेछ । आँखामा पट्टी बाँध्ने श्रीमानहरूले तराजु कता ढल्किएको छ त्यो त थाहा हुन्छ नि । हात त बाँधेको हुँदैन । कतापट्टि के फैसला गरिदिनुपर्ने छ, कतातिर के फैसला गरिदिनुपर्ने छ । म धेरै भनिरहन चाहन्न । धेरैका लागि यो लज्जाजनक विषय हो । इतिहासले यसको निर्मम मूल्याङ्कन गर्नेछ ।’
उनले सरकार गठनको ७० दिन पुग्दा समेत मन्त्रिपरिषद बिस्तार गर्न नसकेको सरकारले संविधान दिवसका दिन लज्जाजनक काम गरेको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण