रविना देशराजलाई प्रबल जनसेवाश्री

person explore access_timeअसोज ३, २०७८ chat_bubble_outline0

मेगा बैंक नेपाल लिमिटेडकी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठलाई सरकारले प्रबल जनसेवाश्री (चतुर्थ) बाट विभूषित गरेको छ । संविधान दिवस २०७८ को अवसरमा उनलाई विभूषण दिन लागिएको हो ।

डेपुटी सीईओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् । यसअघि पनि उनले एशिया स्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फिनिक्स अवार्ड’ लगायत ४ वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ्ग र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान प्राप्त गरिसकेकी छिन् । 

श्रेष्ठ​ करिब ३ दशकदेखि नेपालको बैंकिङ्ग क्षेत्रमा सेवारत छिन् । भारतको कोलकत्तास्थित मदन टेरेसा होम फर द ओल्ड एन्ड चिल्ड्रेनबाट आफ्नो करिअर शुरू गरेकी श्रेष्ठ स्ट्यान्डर्ड चार्टर्ड बैंक, नबिल बैंक हुँदै हाल मेगा बैंकमा कार्यरत छिन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।