शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

असोजको दोस्रो सातादेखि अग्रिम टिकट बुकिङ खुलाउने तयारी

आइतबार, ०३ असोज २०७८, १४ : २३
आइतबार, ०३ असोज २०७८

दसैँ/तिहारका लागि यही असोज दोस्रो सातादेखि अग्रिम टिकट बुकिङ खोल्ने तयारी यातायात व्यवस्था विभागले गरेको छ । विभागका अनुसार असोजको ९ देखि ११ गते भित्रमा दसैँका लागि टिकटको अग्रिम बुकिङ खुल्ने छ । 

विभागले यातायात व्यवसायी र ट्राफिक प्रहरीसँगको गरेर मात्र अग्रिम बुकिङ खुलाउने तयारी गरेको हो । विभागका प्रवक्ता लोकनाथ भुषालले रातोपाटीसँग भने, ‘हामी ७ गते व्यवसायी र ट्राफिक प्रहरीसँग बैठक बस्छौँ । त्यही बैठकले टिकट अग्रिम बुकिङ खुलाउने निर्णय गर्छौँ ।’ सोही निर्णयअनुसार दसैँका लागि टिकटको अग्रिम बुकिङ खुल्ने उनले बताए ।

भुषालले २१ गते घटस्थापना रहेको र त्यसको १० दिन अगाडिदेखि बुकिङ खुलाउनुपर्ने बताए । यस्तै, उनले यो वर्ष उपत्यकाबाट १० लाख हाराहारी मानिस दसैँमा बाहिरिन सक्ने अनुमान विभागले गरेको जानकारी दिए । ‘गत वर्ष कोभिडका कारण बढीमा ४ लाख मानिस दसैँ मनाउन उपत्यकाबाहिर गए । अघिल्ला वर्षमा २०/२२ लाख मानिस घर जान्थे,’ उनले भने, ‘यो वर्ष धेरैले खोप लगाएकाले गत वर्षको भन्दा कम्तिमा दोब्बर मानिसले उपत्यका छाड्ने आँकलन गरिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप