कस्ता कस्ताको घाँटीमा पुगिने भयो भनेर पदकहरू लाज मानिरहेका छन्: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले वितरणका लागि सार्वजनिक गरेको नामहरूप्रति आक्रोश व्यक्त गरेका छन् । आइतबार संविधान दिवसका अवसरमा पार्टीले गरेको कार्यक्रममा उनले पदकहरूले नै लाज मानिरहेको भन्दै कटाक्ष गरे ।
अध्यक्ष ओलीले भने, ‘संविधान दिवसलाई जनताले आफ्नो संविधान दिवस ठान्नुपर्ने, यतिबेला जनताका पराक्रमी सन्तानले सम्मानित भएको अनुभूति गर्न, गर्व गर्न पाउनुपर्नेमा बालाई सम्मान, श्रीमतीलाई सम्मान गरिएको छ । अघिल्लो पटकको पनि म सम्झन चाहन्छु । एउटाको सुपुत्रलाई सम्मान, अर्कोको सुपुत्रलाई सम्मान, अर्कोको सुपुत्रीलाई सम्मान, अर्काको छोरो महान समाजसेवी, अर्कोको छोरी महान समाजसेवी, कस्तो विडम्बना यो देशको ? कस्ता भोका जुका पुगेका छन् शासनमा ? लाज लाग्छ संविधान दिवसका दिन बोल्दा ।’
उनले संविधान दिवसको दिन लोकतन्त्र पाएकोमा, सपना साकार भएकोमा सहिदको छोराले, आमाबावुले गर्व गर्न पाउनुपर्ने, घाइतेहरूले सम्मानित हुन पाउनुपर्नेमा नेताका आफन्तलाई पदक बाडेको भन्दै टिप्पणी गरे ।
उनले भने, ‘आज बाउको मुख हेर्ने दिन हो ? श्रीमतीको मुख हेर्ने दिन हो ? छोराछोरीको मुख हेर्ने दिन हो ? कस्तो लालसा ? कस्तो भोक ? कस्तो आकांक्षा, कस्तो अतृप्ति ? बाहिर निस्किएर भाषण गर्ने हो भने केही चाहिएको छैन हामीलाई भन्ने ? म अरु जस्तो पदलोलुप छैन, नातावादी कृपावादी छैन् । म जनताका लागि भनेर बाहिर जतिसुकै भाषण गर्ने तर मौका पाउँदा हेर्नुस त अलंकार, पदक, विभूषणहरूको नाकमा कालो पोतेको । ति विभूषणले लज्जा मानेको हेर्नुस त । लजाइरहेका छन् ति मानपदवीहरू । कस्तो कस्तोको घाँटीमा झुन्डिने भइयो । शरम मानेका छन् । बोल्न सक्ने भए उफ्रन्ते ती तर बोल्न सक्दैनन् । लज्जाजनक स्थिति ।’
उनले पदक घोषणा गरिएका पत्रकार तथा कानुन व्यवसायीहरुको समेत उछित्तो काटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण