शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संविधानको पुनर्लेखन आवश्यक छ :  प्रभु साह

आइतबार, ०३ असोज २०७८, १४ : १३
आइतबार, ०३ असोज २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान दिवस मनाइरहँदा उनकै दलका एक नेताले भने संविधान पुनर्लेखन आवश्यक रहेको बताएका छन् । 

पूर्वमन्त्री समेत रहेका एमाले नेता प्रभु साहले संविधान संशोधन आवश्यक रहेको बताएका हुन् । सातौँ संविधान दिवसको अवसरमा आइतबार सामाजिक सञ्जालमा उनले वर्तमान संवैधानिक व्यवस्थाहरुको पुनरावलोकन जरुरी रहेको बताए । 

नेपाल जस्तो सानो मुलुकमा ७६१ वटा सरकार बनाउने, संघीय मुलुकमा अनावश्यक तीन तह निर्माण गर्ने, शासक जातिलाई आरक्षण दिने, अनावश्यक दर्जनौं संवैधानिक आयोग बनाउने, दोहोरो नागरिकता सम्बन्धी गलत व्यवस्था गर्ने, पुरानै न्याय प्रणाली र कर्मचारीतन्त्र राख्ने, सन्तुलन बिनाको शक्ति पृथकीकरण, पक्षपातपूर्ण ढंगले राजस्व तथा शक्तिको बाँडफाँड गर्ने जस्ता व्यवस्था गलत भएको उनको भनाइ छ । 

 संविधानमा रहेका यी गम्भीर त्रुटिहरु नसच्याएसम्म वास्तविक अर्थमा संविधान दिवसको औचित्य नरहने उनको जिकिर छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप