संविधानबाट धर्मनिरपेक्षता, समावेशिता कुनै हालतमा हट्न सक्दैन : नेम्वाङ
![संविधानबाट धर्मनिरपेक्षता, समावेशिता कुनै हालतमा हट्न सक्दैन : नेम्वाङ](https://rpcdn.ratopati.com/media/albums/subash_nembang_8_8wM6lAF05q.jpg)
नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले संविधानबाट लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिता हट्न नसक्ने बताएका छन् । आइतबार संविधान दिवसका अवसरमा एमालेले गरेको कार्यक्रममा बोल्दै उनले केही राजनीतिक दलले संविधानका ती प्रावधान हटाउने विषयमा छलफल गरेको सुनिएको भए पनि त्यो सम्भव नभएको बताए ।
पूर्व सभामुखसमेत रहेका नेम्वाङले भने, ‘छस्यास् छुस्स सुन्छु, ठूला दलले यसमा पुनर्विचार गर्न थालेका छन् । पार्टीले आयोजना गरेको यो मुख्य कार्यक्रममार्फत् म तपाईंहरुलाई आश्वस्त तुल्याउन चाहन्छु यति दुःखका साथ, समझदारीका साथ हामीले बनाएको यो संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताबारे हाम्रो पार्टीको त कुरै छोडिदिनुस्, कुनै पनि पार्टीको छलफलको अङ्ग बनेको छैन । कसैको पनि यस्तो एजेण्डा छैन । खाली यो त चर्चाको विषय मात्र हो । त्यसतर्फ कुनै सम्भावना छैन् ।’
उनले संविधान बनाउँदाका चुनौतीहरूको स्मरण गर्दै नेपालको नाम र झण्डा फेर्ने प्रस्ताव समेत आएको बताए । उनले भने–‘यस्तो नि हुन्छ तीनकुने झण्डा ? यो त कुनै शासकको हुन सक्छ भन्ने कुरा आयो । हामीले निष्कर्ष निकाल्यौँ, जबसम्म आकाशमा चन्द्र सूर्य रहन्छ तबसम्म हाम्रो अस्तित्वलाई कसैले पनि केही गर्न सक्दैन । यसरी व्यापक छलफलबाट राष्ट्रिय झण्डा पारित भयो । यसरी व्यापक छलफलबाट हामीले संघीयता, धर्म निरपेक्षता, समानुपातिक, समावेशी व्यवस्था भएको संविधान पास गर्यौँ।’
नेम्वाङले हरेक १० बर्षमा संविधान फेरिने गरेको इतिहास रहेपनि अब त्यस्तो अवस्था नरहेको बताए । उनले २०४७ सालको संविधान राजाले काँटछाँट गरेर बनाएको दाबी गरे । अहिलेको संविधान जसरी बनाइएको छ, योभन्दा राम्रो संविधान बनाउने अन्य उत्कृष्ट विधि नरहेको बताए । उनले लखन थापादेखि जनजाति, मधेश आन्दोलनको परिणामस्वरूप अहिलेको संविधान आएको बताए ।
साथै पार्टीको स्कुल विभागले दिने हरेक तालिममा अहिलेको संविधान कसरी बन्यो, कस्ता चुनौती थिए, त्यसमा एमालेको भूमिका के छ भन्ने विषय समावेश गर्न पार्टी अध्यक्ष केपी ओलीलाई आग्रहसमेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्याप्टेन उप्रेतीको ‘पायलट प्रेम’ सार्वजनिक
-
पूर्णकालीन सदस्यता वितरण गर्न जिल्ला कार्य समितिलाई गुरुङको परिपत्र
-
प्रवासमा मनाइयो माओवादी जनयुद्ध दिवस
-
लात्ती र मुक्काले निर्घात कुटपिट गरी सुधार केन्द्रभित्रै मण्डलको हत्या
-
संविधान संशोधन गर्न कार्यदल, अध्यादेशको टुंगो शनिबार लाग्ने
-
अध्यादेश स्वीकृत हुनेमा उच्चस्तरीय राजनीतिक संयन्त्र ढुक्क