अब राजनीतिक परिर्वतनका लागि संघर्ष गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएसँगै अब राजनीतिक परिवर्तनका लागि संघर्ष गर्ने अवस्थाको अन्त्य भएको बताएका छन् । आइतबार संविधान दिवसका अवसरमा एमालेले गरेको एक कार्यक्रममा बोल्दै उनले भने– ‘राजनीतिक परिवर्तनका लागि हिंसा अपरिहार्य हो कि हैन भन्ने बहस थियो । संविधान जारीपछि अब नेपालमा हिंसा आवश्यक छैन । आवश्यक छैन भने यो स्वीकार्य पनि हुँदैन । भेदभाव विभेद जस्ता कुराको अन्त्य गर्दै सामाजिक न्याय र समानता तर्फ देश अगाडि बढ्नुपर्छ भन्ने कुराको प्रत्याभूति भएको छ, हामी त्यस बाटोमा अगाडि बढेका छौँ ।’
उनले संविधानले जनताका गाँस, बास, कपास र आवाज जस्ता कुरालाई मौलिक हकको रुपमा समावेश गरेको, ३ तहको अधिकार विकेन्द्रीकृत गरेको उल्लेख गरे । अध्यक्ष ओलीले सिंहदरबारबाट शिक्षा, स्वास्थ्य लगायतको अधिकार गाउँ–गाउँमा पु¥याएको बताउँदै कतिपय स्थानमा व्यक्तिको कार्यक्षमताका कारण कार्यान्वयनमा कमी भएको हुनसक्ने टिप्पणी गरे ।
उनले स्वार्थ समूहका अनेक बाधा व्यवधान पार गरेर संविधान जारी गरेको बताउँदै जनताले सार्वभौम सत्ता सम्पन्नताको अनुभवको सुनिश्चित गर्न लिपिबद्ध गर्ने काम गरेको उल्लेख गरे । उनले भने–‘आजभन्दा ६ वर्षअघि हामीले जारी गरेको संविधानले जनतामा रहेको सार्वभौमसत्ता, जनताबाट राज्यशक्ति मिश्रित हुने र जनतामा नै सम्पूर्ण शक्तिको स्रोत हुने कुरालाई संविधानमा सुनिश्चित गरेको छ । त्यसकारण यो उचाइबाट शक्तिको स्रोत जनता हुन् भन्ने कुरा लिपिबद्ध गरेर देशको संविधान सर्वोपरि हुन्छ, जनताको त्यो सर्वोपरिता संविधानमार्फत् जनताले व्यवस्थित गरेको हुन्छ । संविधानले असमानता अन्त्य गर्दै सम्भावनाको फराकिलो क्षितिज खोलेको छ ।’
संविधानले मानव अधिकारको जग बसाएको उल्लेख उनले गर्दै जनताका प्रतिनिधिहरूले बनाएको ठुलो दस्तावेजको रूपमा संविधान रहेको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा
-
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
-
राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्याली, तस्बिरमा हेर्नुहोस्
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति
-
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा
-
विधानसभा निर्वाचन : महाराष्ट्रमा भाजपाले खाता खोल्यो