शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली बजारमा भित्रियो फ्रान्सेली प्रिमियम एसयूभी कार ‘सिट्रोन’

आइतबार, ०३ असोज २०७८, १२ : ५७
आइतबार, ०३ असोज २०७८

नेपाली बजारमा फ्रान्सेली प्रिमियम अटो ब्राण्ड सिट्रोन भित्रिएको छ । विश्वप्रसिद्ध ब्राण्ड समेत रहेको सिट्रोनलाई पहिलो पटक गोल्छा अर्गनाइजेशन अन्तर्गतको साङ्ग्रिला मोटर्स प्रालिले नेपाली बजारमा भित्र्याएको हो ।  पहिलो पटक सिट्रोनको नविनतम उत्पादन ‘सी–फाइभ एयरक्रस एसयूभी’ बजारमा भित्रिएको छ भने कम्पनीले हालैमात्र ब्राण्डको व्यवसायिक औपचारिकता शुरु गरेको छ । आइतबार एक समारोहको आयोजना गर्दै कम्पनीले थापाथलीस्थित सिट्रोनको नयाँ शोरुमसँगै गाडी सार्वजनिक गरेको हो । 

१.६ (१६००) सीसी पेट्रोल इन्जिनमा उपलब्ध सी–फाइभ प्रिमियम सेग्मेन्टमा उत्कृष्ट र सुरक्षित एसयूभी रहेको कम्पनीले जनाएको छ । आकर्षक र बोल्ड लुक्सले गाडीको सुन्दरता झल्काएको छ भने लग्जरियस र सेफ्टी फिचर्सले जो कोही अटो प्रयोगकर्ताहरूको मन जित्ने कम्पनीको जनाएको छ । जुन अन्य ब्राण्डहरुसँग प्रतिस्पर्धा गर्न समेत कुनै सकस नपर्ने कम्पनीका सहायक निर्देशक राकेश श्रेष्ठले बताएका छन् ।

हालका लागि सी–फाइभ एयरक्रस एसयूभी एउटा मात्र मोडल भित्र्याएको कम्पनीले निकट भविष्यमा नै अन्य इन्ट्रिलेभल तथा मिडियम क्लासका कारहरूसमेत भित्र्याउने जनाएको छ ।  प्रारम्भमा सिट्रोन सी–फाइभ एयरक्रसको बजार मूल्य कम्पनीले एक करोड ३५ लाख तोकेको छ ।
प्रमुख विशेषता :
कार : सिट्रोन सी–फाइभ एयरक्रस
विशेषता : प्रिमियम एसयूभी
इन्जिन : १.६ पेट्रोल इन्जिन
ट्रान्समिसन : ६ गेयर, अटोमेटिक
ग्राउण्ड क्लियरेन्स : २३० एमएम
मूल्य : १ करोड ३५ लाख 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप