बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल र ओमान भिड्दै

आइतबार, ०३ असोज २०७८, १२ : ४५
आइतबार, ०३ असोज २०७८

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तरगतको त्रिकोणात्मक शृङ्खलामा आज नेपालले ओमानको सामना गर्दैछ । अल अमरेत रङ्गशालामा हुने खेल नेपाली समयअनुसार अपरान्ह ४ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

नेपाल ओमानसँग यसअघि ५ विकेटले पराजित भइसकेको छ । शृङ्खलाको आफ्नो पहिलो खेलमा अमेरिकालाई नेपालले ५ विकेटले नै पराजित गरेको थियो । दोस्रो खेलमा ओमानसँग हार बेहोरेको नेपाल तेस्रो खेलमा पनि अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।

​लिगको अङ्क तालिकामा नेपाल पुछारबाट दोस्रो स्थानमा रहेको छ । ७ खेल खेलेको नेपालले तीनमा जीत र चारमा हार बेहोर्दै ६ अङ्कमात्र बटुलेको छ । ओमान १२ खेलबाट २० अङ्क बटुल्दै शीर्ष स्थानमा रहेको छ । आईसीसी​ विश्वकप क्रिकेट लिग–२ मा नेपालसहित ओमान, स्कटल्याण्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र संयुक्त अरब इमिरेट्स (यूएई) गरी सात राष्ट्रबीच खेल भइरहेको छ । सातै राष्ट्रले सन् २०२३ सम्म प्रतिस्पर्धा गर्नेछन् । शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप