शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मिल्ने साथीसँग आलियाले मनाइन् छुट्टी, सामाजिक सञ्जालमा तस्बिर भाइरल

आइतबार, ०३ असोज २०७८, १२ : १५
आइतबार, ०३ असोज २०७८

बलिउड अभिनेत्री आलिया भट्ट सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् ।  विशेषगरी आफ्ना मिल्ने साथीहरुको उनी सामाजिक सञ्जालमार्फत प्रशंसा गर्ने गर्छिन् ।  आलियाले हालै सोसल मिडियामा सार्वजनिक गरेको एउटा तस्बिर अहिले चर्चामा छ । उनले साथीहरुसँग छुट्टी मनाउन जाँदाको फोटो शेयर गरेकी हुन् । 

आलिया र उनका साथीहरू यो फोटोमा अत्यन्तै हट देखिन्छन् । आलियाले तस्बिरमा गुलाबी रंगको बिकिनी र सेतो पारदर्शी शर्ट लगाएको देखिन्छ ।  यही, उनकी साथी आकांक्षा बैजनी रंगको बिकिनीमा देखिन्छन् । फ्यानहरूले आलिया र यी नायिकाका साथीहरुको तस्बिरलाई निकै मन पराएका छन् । 

को हुन् आलियाकी सबैभन्दा मिल्ने साथी 

फोटोमा देखिएका आकांक्षा रञ्जन आलियाकी सबैभन्दा मिल्ने साथी हुन् । उनीहरु  बाल्यकालदेखिकै साथीहरू हुन् । पार्टी वा अन्य समारोहमा पनि आकांक्षा प्रायः आलियासँगै देखिन्छिन् । आलियाले आकांक्षालाई जन्मदिनका अवसरमा दिएको शुभकामना सन्देशमा पनि धेरै फ्यानहरूले लाइक र कमेन्ट गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप