बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

घ्यूमा ५ चीज मिलाएर खानुस् निको हुन्छ यस्ता समस्या

आइतबार, ०३ असोज २०७८, ११ : ५४
आइतबार, ०३ असोज २०७८

नेपाली भान्सामा घ्यूको प्रयोग धेरै खानेकुरामा हुने गर्छ । दाल, सागसब्जी, रोटी आदिमा घ्यू हाल्ने गरिन्छ । घ्यूले खानाको स्वाद मात्रै होइन, यसले स्वास्थ्यका लागि पनि धेरै फाइदा पुर्याउँछ । स्वास्थ्य विशेषज्ञका अनुसार घ्यूसँग अन्य औषधिय गुण भएका चीजहरु मिसाएर खाँदा विभिन्न स्वास्थ्य समस्याहरु कम हुन्छ । 

बेसार
बेसार स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । यसले तीव्र गतिमा तौल घटाउँछ । रगतका नलीहरु बनाउनुका साथै मुटुलाई स्वस्थ राख्न पनि बेसार उपयुक्त मानिन्छ । यसले मिर्गौलाको कामलाई पनि सन्तुलनमा राख्छ । शरीरका अंगहरु सुन्निने समस्यामा पनि यो फाइदाजनक मानिन्छ । पोषकतत्वविद्हरुले बेसार हालेको घ्यू खाँदा शरीरका हर प्रकारका दुखाई कम हुने बताएका छन् ।

तुलसी
घ्यू तताउने समयमा तुलसीको पात हालेर तताउँदा शरीरका विभिन्न प्रकारका फाइदाहरु पुग्छ । तुलसीको पात हालेर तताएको घ्यूमा तेज बास्ना आउँदैन, रोग प्रतिरोधात्मक क्षमता बढ्छ, फ्लुहरु कम हुन्छ, स्वासप्रस्वास प्रणालीमा आउने समस्या कम हुन्छ । भने, उच्च रक्तचाप पनि कम हुन्छ । 

कपूर 
कपूर हालेको घ्यूको स्वाद कडा हुन्छ । तर यसले बाथ, पित्त र कफ तीन प्रकारका समस्याहरुलाई गायब गर्छ । यसले पाचन तन्त्रलाई पनि तन्दुरुस्त बनाउँछ । साथै आन्द्राहरुलाई स्वस्थ राख्छ भने मुटु रोग र दमको समस्यालाई पनि कम गर्छ ।

लसुन
लसुन र घ्यूमा हुने गुणकारी तत्वले स्वास्थ्यमा विभिन्न प्रकारका फाइदाहरु गर्छ । नियमित यसको सेवन गर्दा उच्च रक्तचाप, सुन्निने जस्ता समस्याहरु कम हुँदै जान्छ ।

दालचिनी
एन्टिभाइरल र एन्टिब्याक्टेरियल तत्व पाइने भएकाले दालचिनी भएको घ्यूले रगतमा चिनीको मात्रा कम गर्छ । साथै, पेट दुख्ने समस्या पनि कम गर्छ । एउटा प्यानमा थोरै घ्यू र दालचिनी दुई टुक्रा हालेर ४ देखि ५ मिनेटसम्म तताएर हल्का चिसो भएपछि खाने गर्दा यसले शरीरलाई विभिन्न प्रकारका फाइदा पुर्याउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप