नागरिकको मुहारमा स्थायी खुसी ल्याउँछौँ : देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक प्रणालीलाई मजबुत बनाउँदै मुलुकको समुन्नतितर्फ आगामी यात्रा तय गर्न आवश्यक रहेको बताएका छन् । सातौं संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नागरिकका अपेक्षा, आकांक्षा, आशा र असन्तुष्‍टिलाई सम्बोधन गर्दै लोकतान्त्रिक माध्यमबाट सबै समस्याको समाधान गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।
देउवाले नेपालको संविधानले शहीदहरुको सपना, नागरिकको आकांक्षा र नेपाली जनताको भविष्यलाई एकाकार गरेको उल्लेख गर्दै संविधानको कार्यान्वयनमार्फत जनताको मुहारमा खुसी ल्याउने सरकारको लक्ष्य रहेको समेत धारणा राखे । ‘यस संविधानको सफल कार्यान्वयनबाट मुलुकको समृद्धि र नागरिकको मुहारमा स्थायी खुसी ल्याउने हाम्रो लक्ष्य हो, देउवाले सम्बोधनका क्रममा भने ।
देउवाले विधिको शासनको अपरिहार्य कडी संवैधानिक सर्वोच्चता र त्यसलाई संस्थागत गर्ने संविधान भएको उल्लेख समेत सो क्रममा गरे ।
देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यम संघीय, दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संविधानको मूल उदेश्य भएको उल्लेख गर्दै यस विषयमा निरन्तर इमान्दारीपूर्वक काम गर्ने प्रतिवद्धता कार्यक्रममा व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण