विकास र समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समाजवादी व्यवस्था निर्माणमा प्रदेश सरकार दृढताका साथ लागिपरेको बताएका छन् । सातौँ संविधान तथा राष्ट्रिय दिवस–२०७८ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सामाजिक न्यायसहितको समाजवादी व्यवस्था निर्माणमा सरकार अनवरत रुपमा अगाडि बढेको बताए ।
सन्देशमा भनिएको छ, “सङ्घर्षको ऐतिहासिक उपलब्धिस्वरुप २०७२ सालमा आजकै दिन सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानले व्यवस्था गरेको लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणालगायत मूल्यमान्यतामा केन्द्रित भई विकास र समृद्धिको जनअपेक्षा कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको छ ।”
सन्देशमा संविधानमा प्रस्तावित आर्थिक समानता, समृद्धि र सामाजिक न्यायको सुनिश्चितता सहित समाजवादी व्यवस्था निर्माणको दिशामा अगाडि बढ्नु नै अहिलेको प्रमुख दायित्व रहेको उल्लेख गर्दै संविधान कार्यान्वयनका क्रममा आआफ्नो क्षेत्रबाट भएका कमि कमजोरीको समीक्षा इमान्दारितापूर्वक गर्न आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
-
पाइपलाइनमा यी १० धमाकेदार फ्रेन्चाइजी फिल्महरू, बक्स अफिसमा धमाल मच्चाउने अपेक्षा
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु