शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रिटेल सेवा र इक्यानबीच बजार मूल्य भन्दा सस्तोमा सेवा सम्झौता

आइतबार, ०३ असोज २०७८, १० : ४२
आइतबार, ०३ असोज २०७८

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र ‘सर्भिस माण्डु’ र रिटेल सेवाले सहकार्य गर्ने भएका छन् । इक्यान र सर्भिस माण्डुले बजारमूल्यभन्दा सस्तोमै सेवा उपलब्ध गराउन सहकार्य गर्ने भएका हुन् । दुई कम्पनीबीचको सम्झौतापत्रमा सर्भिस माण्डु र रिटेल सेवाका अध्यक्ष सुरज केसीले र इक्यानका अध्यक्ष प्रकाश पाण्डेले हस्ताक्षर गरे ।

सम्झौताअनुसार सर्भिस माण्डु र रिटेल सेवाले आफुले दिँदै आएका सेवा इक्यान, इक्यानसँग सम्बन्धित संस्था तथा व्यक्तिलाई छुटसहित उपलब्ध गराउनेछ । त्यस्तै, सर्भिस माण्डु र रिटेल सेवाले इक्यान सदस्य तथा संस्थाहरुलाई उधारो सुविधा तथा इन्स्ट्यान्ट सेवा समेत दिनेछ ।
  
सर्भिस माण्डु र रिटेल सेवाका अध्यक्ष केसीले सम्झौताअनुसार इक्यान, इक्यानसँग सम्बन्धित संस्था तथा व्यक्तिलाई छिटो र छरितो सेवा आकर्षक छुटमा प्रदान गरिने जानकारी दिए । उनले छिटो छरितो सेवा दिएर इक्यानको विश्वास जित्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा इक्यानका अध्यक्ष पाण्डेले विभिन्न सेवाको सहजताका लागि सर्भिस माण्डु र रिटेल सेवासँग सम्झौता गरेको बताए । उनले सर्भिस माण्डु र रिटेल सेवाबाट गुणस्तरीय र छिटो छरितो सेवा पाउने अपेक्षा गरेको बताए ।

सर्भिस माण्डु र रिटेल सेवाले अहिले काठमान्डू उपत्यका भित्र आफ्नो सेवा दिईरहेपनि निकट भविष्यमा नेपालभर यो सेवा दिने योजना बनाएको सँस्थाका अध्यक्ष केसीले कार्यक्रममा जानकारी दिए। इक्यानमा आबद्द सँस्था र सदस्यलाई छुट र बिशेष सहुलियत भएपनि अन्य ग्राहकहरुले पनि बजार मुल्य भन्दा सस्तो र छिटो आफ्नो सेवा पाउने अध्यक्ष केसीले बताए ।

कोभिड १९ को समयमा आफुहरुले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरेको र आगामी दिनमा पनि यो कार्यलाई थप गर्दै अगाडी बढ्ने समेत उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप