शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओडेगार्डको फ्रिकिकमा आर्सनलको दोस्रो जीत

आइतबार, ०३ असोज २०७८, १० : २२
आइतबार, ०३ असोज २०७८


मार्टिक ओडेगार्डले पहिलो हाफमा फ्रिकिकमार्फत् गरेको गोलको मद्दतले आर्सनलले बर्नलीलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । बर्नलीका एस्ली वेस्टवुडले बुकायो साकालाई डी एरिया नजिकै लडाएपछि आर्सनलले फ्रिकिक पाएको थियो । नर्वेजियन मिडफिल्डरले त्यसको फाइदा उठाउँदै खेलको ३० औँ मिनेटमा गोल गर्दै आर्सनललाई अवे खेलमा पहिलो जीत दिलाएका हुन् ।

यो सिजन रियल म्याड्रिडबाट ३ करोड पाउन्डमा आर्सनलसँग आबद्ध भएपछि उनले क्लबका लागि पहिलो गोल गरेका हुन् । उता, बर्नलीले पेनाल्टीमार्फत गोल फर्काउने अवसर पाए पनि भिडियो एसिस्टेन्ट रेफ्रीले उक्त निर्णयलाई उल्टाएको थियो ।

यो सिजन निकै खराब सुरुवात गरेको अर्सनलले ५ खेलबाट ६ अङ्क बटुल्दै अङ्क तालिकामा १३ औँ स्थानमा उक्लिन सफल भएको छ । बर्नलीले ५ खेलबाट १ अङ्क मात्र बटुल्न सकेको छ । अन्य खेलमा वर्टफोर्टले नर्विचलाई ३–१ ले हरायो भने एस्टनभिल्लाले एभर्टनमाथि ३–० को जीत हासिल गर्‍यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप