शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आत्महत्या दुरुत्साहनको आरोप लागेका नायक साहिल खान अभिनयमा फ्लप तर कमाई तगडा

आइतबार, ०३ असोज २०७८, १० : २१
आइतबार, ०३ असोज २०७८

अभिनेता तथा मोडल साहिल खान एकपटक पुनः चर्चामा छन् । साहिल खानमाथि मनोज पाटिल नामका बडी बिल्डरलाई आत्महत्याका लागि उक्साएको आरोप लागेको छ । साहिलले अभिनेताको रुपमा करियर सुरु गरेका थिए तर आज उनी एक फिटनेस आइकनको रुपमा परिचित छन् । उनीबारे केही जानकारी लिऔंः

४४ वर्ष पुगे साहिल खानः

साहिल खान ४४ वर्ष पुगेका छन् । साहिलको जन्म ५ नोभेम्बर सन् १९७६ मा कोलकातामा भएको थियो ।

फिल्ममा फ्लप भए साहिलः

साहिल खानले सन् २००१ मा रिलिज भएको फिल्म स्टाइलबाट करियरको सुरुवात गरे तर उनी खासै जम्न भने सकेनन् ।

एक जिम सेन्टरले फेरिदियो भाग्यः

 


जब साहिलले फिल्ममा काम पाउन छोडे तब उनले आफ्नो एक जिम सेन्टर खोले । उनको यो निर्णयले काम गर्यो । यो कामले उनलाई धेरै फाइदा पुर्यायो । त्यसपछि साहिले देशभरी एकपछि अर्को गर्दै जिमको चेन खोल्ने योजना गरे । आज थुप्रै शहरमा उनको जिम सेन्टर खोलिएका छन् ।

अभिनय छोडेर फिटनेस आइकन बने साहिल खानः

साहिल खानले अभिनयबाट सन्यास लिए र थुप्रै काम गरे । पछि उनले फिटनेसको क्षेत्रमा काम गर्न सुरु गरे ।

दुई वर्ष अघि खोले आफ्नो फिटनेस ब्रान्डः

साहिल खानले दुई वर्ष अघि आफ्नो फिटनेस ब्रान्ड बाइसेप्स इन्डिया खोले । लकडाउन हुँदा नै यो यति चल्यो कि उनको भाग्य नै फेरियो ।

साहिल खानको तगडा कमाईः

आफ्नो जिम र फिटनेस ब्रान्डमार्फत् साहिल खान तगडा कमाई गर्छन् । उनको जीवनशैली निकै विलासी छ ।

विलासी जीवनयापनमा शौखिन साहिलः

साहिल खान फिटनेस ब्रान्डमार्फत् शानदार कमाई गर्छन् र उनी विलासी जीवनशैली अपनाउँछन् । यसको झलक उनको इन्टाग्राम अकाउन्टमार्फत् पाइन्छ ।

अत्यधिक विवादितः

साहिल खानको विवादसँग पुरानो नाता छ । सन् २००४ मा साहिलले बलिउड नायिका निगार खानसँग विवाह गरेका थिए । यो विवाह वर्ष दिन नबित्दै टुट्यो । सन् २००९ मा साहिल खानले आफूभन्दा १७ वर्ष जेठी तथा नायक ज्याकी श्रोफकी श्रीमती आयशा श्रोफलाई डेट गरेको खबरले निकै हलचल पैदा गरेको थियो ।

सलमान खानमाथि लगाएका थिए करियर समाप्त गरेको आरोपः

साहिल खान अघिल्लो वर्ष अचानक चर्चाम आए । साहिलले सलमान खानमाथि उनको करियर बर्बाद गरेको आरोप लगाए । त्यसपछि मानिसहरुले उनलाई धेरै सर्च गर्न थाले ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप