इन्टरको आधा दर्जन गोल

person explore access_timeअसोज ३, २०७८ chat_bubble_outline0


एडिन जेकोले दुई गोल गर्दा सिरिए ए को डिफेन्डिङ च्याम्पियन इन्टर मिलानले यसअघि अपराजित रहेको बालोग्नामाथि ६–१ को शानदार जीत हासिल गरेको छ । 

डेन्जेल डम्फ्राइजको क्रसमा लाउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई खेलको शुरुवातमा नै अग्रता दिलाएका थिए । मिलान स्क्रीनियरले ३० औँ मिनेटमा अग्रता दोब्बर बनाए । लगत्तै निकोलो बारेलाले तेस्रो गोल थपे । दोस्रो हाफमा माटियास भेसिनोले इन्टरका लागि चौथो गोल गरे । त्यसपछि ६ मिनेटको अन्तरमा जेकोले दुई गोल गर्दै इन्टरलाई सहज जीत दिलाए । खेलको अन्त्यतिर आरर्थर थिएटेले सान्त्वना गोल फर्काए ।

प्रशिक्षक एन्टोनियो कोन्टे र स्टार खेलाडी रोमेलु लुकाकुलाई गुमाएको इन्टर यो सिजन नयाँ प्रशिक्षक सिमोनी इन्झागीको नेतृत्वमा अपराजित रहेको छ । ४ खेलबाट १० अंक बटुल्दै टोली केही समयका लागि भए पनि लिगको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो चार खेलाडीमा टोलीले १६ गोल गरिसकेको छ । इन्टरले लिगमा सन् १९६०–६१ यताकै उत्कृष्ट सुरुवात गरेको हो । अन्य खेलमा एटलान्टा र फ्लोरेन्टिना विजयी बन्यो ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।