एमालेले बोलायो स्थायी समिति बैठक

नेकपा एमालेले स्थायी समिति बैठक बस्दैछ । आइतबार दिउँसो साढे १२ बजे बस्ने गरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
असोज १५ देखि १७ गतेसम्म आयोजना हुने विधान महाधिवेशनको तयारीस्वरुप स्थायी समिति बैठक बोलाएको एमालेले जनाएको छ । विधान महाधिवेशनमा पेस हुने तीनवटा प्रतिवेदनका बारेमा छलफल हुनेछ । ‘राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव विधान महाहधिवेशनमा पेस हुने कार्यसूची छ । ती प्रस्तावमाथि छलफलका लागि स्थायी समिति बैठक बोलाइएको हो’, कार्यालय सचिव तामाङको भनाइ छ ।
पार्टीमा १० बुँदे कार्यान्वयनपछि नेताहरूको कार्यविभाजनबारे समस्याका देखिएको छ । तर आजको बैठकमा कार्यविभाजनबारे छलफल गर्ने एजेण्डा नरहेको तामाङको भनाइ छ । एमालेमा १० बुँदे कार्यान्वयन गर्ने भनिएपनि नेताहरूले जेठ २ अघिको जिम्मेवारी नपाएको गुनासो गर्दै आएका छन् । खासगरी, सुदूरपश्चिम, बागमती र प्रदेश १ का इन्चार्जहरूले पूर्ववत अवस्थामा जिम्मेवारी नपाएको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते