बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेलायतमा गोरखा सैनिक कुलवीर थापाको सालिक निर्माण

आइतबार, ०३ असोज २०७८, ०९ : १४
आइतबार, ०३ असोज २०७८

लन्डन ।  बेलायतस्थित अल्डरसटको प्रिन्सेस गार्डेनमा  प्रथम  भिक्टोरिया क्रस विजेता गोरखा सैनिक कुलवीर थापाको सालिक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 

शुक्रबार स्थानीय रसमुर काउन्सिल र ग्रेटर रसमुर नेपाली समुदायको संयुक्त पहलमा थापाको सालिक  प्रतिस्थापन गरिएको छ । 

उक्त अवसरमा बेलायती रक्षा राज्यमन्त्री  लियो डोचर्टीको पनि उपस्थिती रहेको थियो । उनले गोर्खा मेमोरियल प्रोजेक्टका सदस्यका साथै मूर्तिकार एमी गुडम्यानलाई भेटेर जानकारी लिएका थिए । 

डोचर्टीले सामाजिक संजालमार्फत भिसी कुलवीर थापाको सालिक गोर्खा ब्रिगेड र ब्रिटिश सेना बीचको लामो समयदेखि ऐतिहासिक सम्बन्धको प्रतीक भएको धारणा व्यक्त गरेका छन् । 

यहि सेप्टेम्बर २५ तारिखमा  उद्घाटन हुने उक्त शालिकको निर्माण खर्च बेलायतस्थित नेपाली समुदायले संकलन गरेका हुन् । भिक्टोरिया क्रस प्राप्त गर्ने प्रथम गोर्खा सैनिक कुलवीर थापालाई सम्मान स्वरूप राखिएको उक्त सालिक निर्माणमा करिब लाख ८५ हजार पाउण्ड अर्थात तीन करोड रुपैयाँ खर्च लागेको बताइएको छ  । कास्य धातुको प्रयोग गरिएको उक्त शालिकमा एक घाइते सैनिकलाई युद्ध मैदानमा बोक्दै गरेको दृश्य देखाइएको छ ।

भिसी कुलवीर थापा पहिलो विश्वयुद्धमा बेलायतको उच्च सैनिक सम्मान भिक्टोरिया क्रस प्राप्त गर्ने पहिलो गोर्खा सैनिक हुन् । सन् १८८९  डिसेम्बर १५ का दिन पाल्पा जिल्लामा जन्मिएका थापालाई १९१५ मा फ्रान्सको लू युद्धमा देखाएको बहादुरीका कारण भिक्टोरिया क्रस (भिसी) बाट सम्मान गरिएको थियो । 

प्रथम विश्व युद्धमा घाइते एक ब्रिटिश र दुई गोर्खा सैनिकलाई बचाएर बहादुरी प्रदर्शन गरेका थापाको सन् १९५६ मा निधन भएको थियो । उनको सम्मान स्वरूप बेलायतमा  सन् २०१५ मा उनको तस्विर अंकित हुलाक हुलाक टिकट समेत प्रचलनमा ल्याइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप