शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

५ सय ३१ कैदीलाई कैद मिनाहा गर्ने निर्णय

आइतबार, ०३ असोज २०७८, ०७ : ५६
आइतबार, ०३ असोज २०७८

काठमाडौं । संविधान दिवसको अवसरमा ५३१ जना कैदीलाई थुनामुक्त गर्ने निर्णय गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ जनाको कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन् । 

मन्त्रिपरिषद्को भदौ २९ मा कैद मिनाहा गर्न सिफारिस गरेको थियो । सो सिफारिसका आधारमा आइतबारबाट लागु हुनेगरी कैद माफी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप