विजेता भरतमणिले भने – जित मेरो मात्र होइन सबैको हो
शनिबार मध्यरातमा सम्पन्न कमेडी रियालिटी साे ‘कमेडी च्याम्पियन २’का विजेता भरतमणि पौडेलले आफूलाई विजयी बनाउन सहयोग र साथ दिने सबैलाई हार्दिक धन्यवाद दिएका छन् । विजेता घोषणा भएको केही घण्टापछि सामाजिक सञ्जालमा एक पोष्ट गर्दै पौडेलले यो जित आफ्नो मात्र नभएर सबैको भएको बताएका हुन् ।
भगवान् रुपी दर्शक तथा समर्थकमा नमस्कार भन्दै सुरु गरेको उनकाे स्टाटसमा सबैका प्रतिक्रिया र सुझावलाई आत्मसात गर्दै अगाडि बढ्ने बताएका छन् ।
‘विश्व भूगोलमा बसोबास गर्नु भएका सम्पूर्ण नेपाली र नेपाली मनहरू प्रति हृदयदेखि नै आभार प्रकट गर्दछु । तपाईंहरुले यस्तो महामारीको समयमा पनि प्रतिस्पर्धा गरिरहँदा मेरो हसाउने प्रयासलाई साथ दिनु भएको छ’ उनले अगाडि लेखेका छन् ‘मेरा लागि देशविदेशमा अभियान चलाइदिनुभयो । मलाई सधैँ अगाडि बढ्न प्रेरित गर्न गरिरहनुभयो ।’
अबको दिनमा पनि आफूलाई सही बाटोमा हिँड्न खबरदारी गर्ने जिम्मा सबैको रहेको बताउँदै उनले भनेका छन् ‘कमेडी च्याम्पियन सिजन २ को उपाधि जित्न सफल पनि तपाईंहरुकै साथले सम्भव भएको हो । त्यसैले अगामी दिनमा पनि यतिकै माया र साथ पाउनेछु भन्नेमा ढुक्क छु । मलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने तपाईंलाई अनगिन्ती धन्यवाद दिन चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण