शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मानेको १ सयौँ गोलमा लिभरपुल विजयी, सिटी रोकियो

आइतबार, ०३ असोज २०७८, ०६ : ५४
आइतबार, ०३ असोज २०७८

क्लबका लागि साडियो मानेले १ सयौँ गोल पूरा गर्दा लिभरपुलले क्रिस्टल प्यालेसलाई पराजित गर्दै प्रिमियर लिगको नयाँ सिजनमा अपराजित यात्रालाई कायम राखेको छ । शनिबार राति भएको खेलमा लिभरपुल ३–० गोलले विजयी बनेको हो ।

पहिलो हाफको ४३ औँ मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । माने लिभरपुलका लागि सबै प्रतियोगितामा १ सय गोल गर्ने १८ औँ खेलाडी हुन् । 

दोस्रो हाफमा मोहमद शलाहले लिभरपुलको अग्रता दोब्बर बनाए भने खेल सकिन लाग्दा नाबी किएटाले तेस्रो गोल थपे । जीतसँगै लिभरपुल ५ खेलबाट १३ अंकसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ । 

उता, साबिक विजेता म्यानचेस्टर सिटी भने आफ्नै घरेलु मैदानमा साउथह्याम्पटनसँग बराबरीमा रोकिएको छ । निकै निरस खेल प्रदर्शन गरेको सिटीले खेलको ९० मिनेटसम्म विपक्षीको पोष्टमा प्रहार गर्न सकेको थिएन ।

दोस्रो हाफमा एडम आर्मस्ट्रङलाई लडाए पछि पाहुना टोलीले पेनाल्टी पाउनुका साथै कायल वाकरले रातो कार्डसमेत पाएका थिए । तर, भिडियो एसिस्टेन्ट रेफ्रीले दुवै निर्णय उल्टाइदिएको थियो । 

५ खेलपछि सिटीको १० अङ्क रहेको छ । केही समयका लागि भए पनि सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप