बेलायतमा कोरोनाका कारण एक लाख ३५ हजार बढीको मृत्यु
बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ३५ हजार नाघेको छ। पछिल्लो २४ घन्टामा थप १६४ जना कोरोना संक्रमितको मृत्यु भएसँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३५ हजार १४७ पुगेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ । पछिल्लो महिनामा बेलायतमा कोरोनाका कारण मृत्यु हुने डर ४७ प्रतिशत बढेको अधिकारीहरुले बताएका छन् ।
यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ३० हजार १४४ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमितसँगै बेलायतमा संक्रमितको संख्या ७४ लाख नाघेको छ । केहि समययता बेलायतमा दैनिक संक्रमितको संख्या ३० हजार भन्दा माथी रहँदै आएको छ ।
बेलायतमा हालसम्म ९ करोड २९ लाख भन्दा बढीलाई कोरोनाविरुद्धको खोप दिइसकेको सरकारी तथ्यांकले देखाएको छ । जसमध्ये ४ करोड ८५ लाख ४८ हजार भन्दा बढीले पहिलो डोज र ४ करोड ४३ लाख ५७ हजार बढीले खोपको दुवै डोज लगाइसकेका छन् ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा ९३२ जना अस्पताल भर्ना भएका छन् । यसैगरी उपचारार्थ अस्पताल भर्ना भएकामध्ये ८ हजार ६८ जना अस्पताल बेडमा छन् भने एक हजार २० जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती